हाम्रा सेवाहरु

स्व अनुशासन कार्यक्रम

 


          स्व अनुशासन कार्यक्रम भन्नाले सदस्यहरुले आफनो इकाईको मिटिंग आफैले रोजेको सदस्यहरुले संचालनगर्ने र आफनो क्षेत्रका कसकसलाइ बैकको सदस्यता दिने हो त्यसको निक्र्योल पनि स्वयं छानिएको व्यक्तिले गर्नेछन । यस्तो कार्य गरे बापत बैकले एउटा निश्चित रकम इकाईलाइ दिनेछ । उक्त इकाईको आपसी सहमतिमा मिटिंगलिने सहयोगि सदस्यलाई प्रोत्साहन स्वरुप केहि रकम उपलब्ध गराउने छन । 

मेरो छिमेक मेरो गौरभ
बार्षिक ईकाइ तथा सदस्य प्रोत्शान

 


          नियमित मासिक बैठकमा ईकाइले प्राप्त गर्ने मुल्यांकनका आधारमा सम्बन्धित शाखामा वार्षिक रुपमा हुने ईकाइ भेलामा प्रथम, द्धित्तिय र तृतिय हुने ईकाइलाई प्रमाण पत्र सहित नगद पुरस्कार  उपलब्ध गराईन्छ । त्यसैगरी सो ईकाइ भेलामा चौंथो, पाचौं र छैठौं हुने ईकाइलाई पनि प्रमाण पत्र र सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

छात्रबृत्ती

 


ईकाइ भेलामा उत्कृष्ठ हुने छ वटा ईकाइको एक एक जना सदस्यको छोरीलाई सम्म छात्रवृत्ति स्वरुप मासिक रुपमा रु.२०० उपलब्ध गराईन्छ । 

अनुशासित सदस्य भलाई कोष

 


         यस वैंकले समयको माग तथा सदस्यको भविश्यको सुनिश्चीतताको लागि सामाजिक विकास तर्फ पनि टेवा पु¥याउन यस अनुशासित सदस्य भलाई कोष सम्बन्धी व्यवस्था लागु गरीएको छ । उनिहरुको परिवारमा कुनै विमारी पर्दा औषधोपचार खर्च गर्न, आफ्ना वालवालिका पढाउन तथा दैवी विपत्ती पर्दा धेरै गाह्रो पर्दछ । बैंकले यसै अवस्थालाई ध्यानमा राखेर आफ्ना समुह सदस्यहरुलाई स्वास्थ्य, शिक्षा, दैवी विपत्ती र क्षमता अभिवृद्धिको लागि यो कार्यक्रम प्रारम्भ गरेको छ ।

A