हाम्रो बारेमा !

छिमेक लघुवित्त बिकास बैंक लिमिटेड यहाँहरुको स्वागत गर्दछ !

      संस्था दर्ता ऐन, २०३४ बमोजिम २०४८ सालमा स्थापना भएको छिमेक समाज सेवा संस्थाको विशेष पहलमा विकास बैंक ऐन, २०५२ तथा कम्पनी ऐन, २०५३ बमोजिम २०५८ सालमा छिमेक विकास बैकको स्थापना भएको हो । सामाजिक र आर्थिक रुपले पिछडिएको विपन्न एवं गरिब वर्गका परिवारलाई आयमूलक व्यवसाय गरी आत्म निर्भर वनाउनको लागि आधा आकाश ओगटेका महिला बर्गको शसक्तिकरण गरी गरिवी निवारण गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । छिमेक समाज सेवा सस्ंथाले आयमूलक कार्यक्रमको शुरुवात विधिवत रुपमा २०५१ साल देखी चितवन जिल्लाको माडी क्षेत्र र महोत्तरीको रामगोपालपुरमा शुरु गरेको हो । हाल छिमेक लघुवित्त विकास बैंकले हाल ३१ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरी कार्यक्रम सचालन गरीरहेको छ । निकट भविश्यमा नेपाल राज्य भरिमा कार्यक्रम विस्तार गर्ने योजना छ । 

       यस बैंकको प्रमुख उद्देश्य नेपालमा रहेको व्याप्त गरिवी न्यूनीकरण गर्न ग्रामिण क्षेत्रमा सरल तरिकाले कर्जा उपलब्ध गराइ आयस्तरमा बृध्दि गर्ने, बचत गर्ने बानीको विकास गर्दै सुनिश्चत भविष्यतर्फ अग्रसर गराउनु रहेको छ । आर्थिक रुपले अति कठोर जीवन गुजारा गरी राखेको  ग्रामीण परिवारहरुलाई आफ्नो विपन्नताको अवस्थावाट माथी उठाई आत्म विश्वास जगाउन तथा जाती, धर्म, लिङ्ग र राजनैतिक आधारमा कसैलाई भेदभाव नगरी सदस्यहरुको शीप र जाँगरलाई आयमूलक काम तर्फ लगाउन यस बैंकिङ्ग कार्यक्रमले सदैव जोड दिने छ । 

A