प्रमुख कार्यकारी अधिकृतको भनाई ।

     सन् १९७० को दशकबाट शुरु भएको लघुवित्त कार्यक्रम गरिबि निवारणको एक उपयुक्त साधन मानिन्छ। यस कार्यक्रमले विश्वका विभिन्न देशमा बसोबास गर्ने न्युन आय भएका एवं गरिब तथा विपन्न घर परिवारलाई उनीहरुको घरदैलोमा नै वित्तिय सेवा दिई अर्थिकस्तर उकास्न सहयोग पु्याउँदै आएको छ । नेपालमा पनि यस कार्यक्रमलाई गरिबि निवारणकोलागि प्रभावकारी साधनको रुपमा लिई विस्तार गर्दै लगिएको छ । यस छिमेक लघुवित्त विकास बैकंले देशका विभिन्न भागमा रहेका विपन्न घरपरिवारमा लघुवित्त सेवा पु्याई उनीहरुको आर्थिक तथा सामाजिक स्तरमा वृध्दि गरि सम्मानित जिवन बाच्नँ सहयोग गर्ने उद्देश्यले विगत ११ बर्षदेखि कार्यरत रहेको छ । एकातिर वित्तिय पहुचँभन्दा बाहिर रहेका विपन्न महिलाहरुलाई लक्षित गरी उनीहरुको व्यवसायिक क्षमता अनुसार कर्जा प्रवाह गर्दै आएको छ भने अर्काेतिर उनीहरुबाट स—सानो रकम संकलन गरी बचत गर्ने बानीको विकास गराउँदँै आएको छ । यस बैंकले संभव भएसम्म तराई,पहाड एवं भित्रि मधेशमा रहेका बढि से बढि घरपरिवारमा लघुवित्त सेवा पु्याउने उद्देश्यले कार्यक्रम विस्तार गर्दै लगेको छ । 

      बैकंले कार्यक्रम विस्तार सगँै यसको गुणस्तरमा पनि ध्यान पु्याउँदै आएको छ । हाल लघुवित्त सस्ंथाको सख्याँमा भएको वृध्दि सगैँ सदस्य दोहारोपनामा पनि वृध्दि भएको छ । यसले भविष्यमा लघुवित्त क्षेत्रमा समस्या ल्याउने देखिएकोले बैकं यसतर्फ सचेत रहेको छ । बैकंले नाफा मात्र नहेरी सदस्यहरुको जिवनस्तर उकास्न कसरी सहयोग गर्न सक्छ भन्ने कुरामा निरन्तर रुपमा लागिपरेको छ । यस बैकंले सदस्यहरुलाई कर्जाको साथमा शिक्षा ,स्वास्थ्य तथा बजार व्यवस्थाको सुविधा उपलब्ध गराउने उद्देश्य लिई शिक्षा तथा बजार व्यवस्थाको काम शुरुवात गरिसकेको छ भने भविष्यमा स्वास्थ्य सम्बन्धि कार्यक्रम पनि संचालन गर्ने सोच बनाएको छ । बैकंले हाल भईरहेका उत्पादनहरुलाई अझ परिमार्जन र परिष्कृत गर्दै एवं आवश्यकता अनुसार नयाँ नयाँ उत्पादन ल्याई लक्षित वर्गलाई बढि से बढि सेवा पु्याउने लक्ष्य लिएको छ ।

     यस बैंकलाई लघुवित्त क्षेत्रको स्थापित बैंक बनाउनको लागि प्रतिबध्द संचालक समिति, संस्थाले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिको लागि रातदिन खटन् सक्ने कर्मचारी एवं यस बैकंलाई सहि बाटोमा हिडाउँन उचित सल्लाह सुझाव दिने नियामक निकाय तथा बैकंप्रति अपनत्व जनाई सेवा गर्ने अवसर दिनुहुने सम्पुर्ण सदस्य माहनुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु । साथै भविष्यमा बैकंले सदस्यको आवश्यकतालाई बुझी  सेवा प्रदान गर्दै जाने प्रतिबध्दता व्यक्त गर्दछु ।

 

धन्यवाद ! 

A